कीर्तिपुरस्थित नेपाल ए.पी.एफ.स्कुलका छात्राका लागि भारतद्वारा छात्रावास भवन निर्माण

६ पुष २०७६ | शिक्षा


काठमाडौं । कीर्तिपुरस्थित नेपाल ए.पी.एफ.स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावासको औपचारिक उद्घाटन भएको छ । 

आइतबार भारतीय राजदूतावास नियोग उप–प्रमुख डा. अजयकुमारले उक्त छात्रावास भवनको उद्घाटन गर्नुभयो ।  नेपाल सशस्त्रप्रहरी बलकाअतिरिक्तमहानिरीक्षक रामशरण पौडेल लगायत राजनीतिक, श्री रमेश महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर, श्रीमती सरस्वती खड्का, कीर्तिपुर नगरपालिकाका उपमहापौर सामुदायिक नेतृत्वकर्ताहरुको उक्त उद्घाटन समारोहमा उपस्थिति थियो । 

सन् २००५मा स्थापित यस नेपाल ए.पी.एफ.स्कुल नेपाल सशस्त्र प्रहरी बल अन्तर्गत रहेको सशस्त्रप्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो । यो विद्यालय काठमाडौंको कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा अवस्थित छ । जसमा २१ प्रतिशतभन्दा बढी छात्राहरु रहेका छन् । यो परियोजनाका ेकार्यान्वयन नेपाल सशस्त्रप्रहरी बलले गरेको हो । 

 

भारत सरकारको ४.०४२ करोड नेपालीरुपैंया अनुदान सहयोगमानिर्मित यस दई तल्ले नयाँ संरचनामा वार्डेनकालागि एउटा छुट्टै कक्ष, शयनकक्ष,  प्रत्येक तलामा छात्राका लागिफर्निचरका साथै स्नानघर, सरसफाईको सुविधासहित ३२ वटा कोठाहरु रहेका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षागरिएको छ । भारत सरकार यस परियोजनासँगजोडिन पाएकोमाखुशीव्यक्तगर्दछ । साथै शिक्षाको क्षेत्रमापूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको सराहनापनिगर्दछ ।

 

तपाईको विचार