भोली नेवार र किराँती समुदायलाई सार्वजनिक बिदा

२५ मंसिर २०७६ | जीवन शैली


काठमाडौं । सरकारले भोली बिहिबार निश्चित समुदायको लागि सार्वजानिक बिदा दिएको छ। यःमरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा नेवार र किराँती समुदायलाई बिहीबार सार्वजनिक बिदा दिएको हो।

सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जानकारी दिए।

क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

तपाईको विचार