स्टेभल स्पिलबर्गका ५ सिनेमा

२६ बैशाख २०७५ | जीवन शैली


सिन्डरलिस्ट 

 अस्ट्रेलियन उपन्यासकार थोमस केनेलीको ‘सन्डर्स आर्क’मा आधारित सिनेमा हो यो। फिल्मले ओस्कार सिन्डलरलाई पछ्याउँछ। ओस्कार बिजनेस म्यान हुन्। उनले दोस्रो विश्वयुद्धताका हजारौं यहुदीलाई बचाउन महत्वपूर्ण भूमिका खेलेका छन्। आफ्नो फ्याक्ट्रीमा काम लगाएर उनले शरणार्थीहरूको रक्षा गर्छन्। नोभेम्बर १५, १९९३ का दिन अमेरिकामा यो फिल्म रिलिज गरिएको थियो।

द पोस्ट 

 ऐतिहासिक राजनीतिक थ्रिलर सिनेमा हो यो। एउटा पत्रकारको साँचो कथालाई फिल्मले देखाउन खोजेको छ। ‘द वासिङ्टन पोस्ट’का पत्रकारले ‘पेन्टागन पेपर’ सार्वजनिक गर्नका लागि गरेको प्रयास फिल्मको मुख्य कथा हो। अमेरिकाले ३० वर्षसम्म गरेको भियतनाम युद्धमाथि आधारित डकुमेन्ट हो पेन्टागन पेपर। १४ डिसेम्बर २०१७ का दिन अमेरिकामा यो फिल्म रिलिज गरिएको थियो।

लिंकन 

 इतिहासमा आधारित रहेर बनाइएको फिल्म हो यो। अमेरिकी राष्ट्रपति अब्राहम लिंकनमाथि आधारित छ फिल्म। विशेषगरी सन् १८६५ मा अमेरिकाको १५ संविधानलाई १५औं पटक संशोधन गर्दाको समयलाई फिल्मले विशेष प्राथमिकता दिएको छ। फिल्मले मुख्य रूपमा डोरिस कन्र्स गुडविनको पुस्तक ‘टिम अफ राइभल ः द पोलिटिकल जेन्युअस अफ अब्राहम लिंकन’लाई आधार मानेको छ।

द कलर पर्पल 

 एलिस वाल्करको उपन्यास ‘द कलर पर्पल’मा आधारित सिनेमा हो यो। फिल्मले एक अफ्रिकन, अमेरिकन किशोरीको पीडा बोल्छ। सेली हेरिस नाम गरेकी युवतीले २०औं शताब्दीमा समस्यालाई मुख्य कथा बनाइएको छ। गृहयुद्ध, गरिबी, महिलामाथिको भेदभावबाट आक्रान्त हुन्छे, सेली। समस्या मात्र हैन, फिल्मको अन्त्यमा दुई महिलाको सहयोगले सेलीलाई आत्मविश्वासी पनि बनाउँछ।

द टर्मिनल 

 अमेरिकन कमेडी फिल्म हो, द टर्मिनल। पूर्वी युरोपियन भिक्टर नाभोस्र्कीको कथा बोल्छ। न्युयोर्कको ‘जोन एफ केनेडी एअरपोर्ट’को टर्मिनलमा भिक्टरलाई समाइन्छ। उसलाई अमेरिका प्रवेश गर्न दिइँदैन। युद्ध चलिरहेकाले त्यहाँबाट उसलाई न अमेरिका प्रवेश गर्न दिइन्छ न त आफ्नो देश फर्किन आदेश दिइन्छ। ऊ अप्ठ्यारोमा पर्छ। त्यहाँ बस्दाबस्दै ऊ एक युवती क्याथरिनको जेटाको प्रेममा पर्छ।

तपाईको विचार