प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्जको तयारी

१८ मंसिर २०७६ | स्वास्थ्य


काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाई डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।

एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम गर्ने मनशाय बनाएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

 

तपाईको विचार