पहिलो पटक राखिएको तेक्वान्दोको पुम्सेमा नेपाललाई दुई स्वर्ण

१६ मंसिर २०७६ | खेलकुद


काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आयशा शाक्य र पार्वती गुरुङले तेक्वान्दोको पुम्सेमा  स्वर्ण पदक जितेका छन्। नेपालका लागि पार्वती गुरुङ २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा स्वर्ण पदक दिलाएकी हुन्। फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् ।  यो स्पर्धामा श्रीलंकाकी थिलाकसिकाजाविराले ८.१४० अंकसहित रजत पदक जितिन् । यसैमा भारतकी हर्षा सिंहले ८.०३० अंकसहित कास्य पदक जित्न सफल भएकी छन्। 

त्यसैगरि नेपालकी भेट्रान तेक्वान्दो खेलाडी आयशा शाक्यले पुम्से २९ वर्षमाथिको समूहमा स्वर्ण पदक जितेकी छन्।  भारतसँगको खेलमा उनले ७।०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । 

 

 

तपाईको विचार