कराँते फाइटको पुरुषमा नेपालका तामाङलाई स्वर्ण

१६ मंसिर २०७६ | खेलकुद


काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण जित्ने क्रम जारी छ ।  कराँते फाइटको पुरुष ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। उनले बंगलादेशका मोहम्मद मुस्ताफालाई १- ० को अन्तरले पराजित गरेका हुन्। 

 

त्यसअघि उनले समूह चरणमा श्रीलंकाका खेलाडीलाई पराजित गरेका थिए । कराँते काताको ४ मध्ये तीन स्वर्ण नेपालले जितेको छ ।कराँते फाइट फरक विधा हो जसमा नेपालले एक स्वर्ण कब्जा गरिसकेको छ ।   यो जितसँगै नेपालको स्वर्ण ८ पुगेको छ ।

 

तपाईको विचार