बाटाे खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर पाँचको मृत्यु
१५ मंसिर २०७६
|
समाज
पोखरा । पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।
सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये पाँच जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो । अझै दुई ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् । पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । ।
तपाईको विचार
सम्बन्धित
-
समाज
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
-
समाज
पश्चिमी वायुको प्रभाव, अबकाे केही दिन बिहानीपख बाक्लो हुस्सु लाग्ने
-
समाज
पश्चिमी वायुको प्रभावः आंशिकदेखि सामान्य बदली
-
समाज
सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन प्रमकाे आग्रह
-
समाज
चिसोका कारण चारको मृत्यु
-
समाज
भाेलीदेखि सवारी साधनमा लागेको जोरबिजोर प्रणाली हट्ने