अमेरिकामा पेट्रोलियमको आयात, निर्यात बढ्यो
१२ मंसिर २०७६
|
संसार

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ । केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको थियो । यो अघिल्लो साताको तुलनामा प्रतिदिन २ लाख १७ हजार ब्यारेल बढी हो ।
साप्ताहिक पेट्रोलियम स्थिति प्रतिवेदनका अनुसार गत साता दैनिक सरदर ३४ लाख ८० हजार ब्यारेल तेल निर्यात भएको थियो । यो अघिल्लो साताको तुलनामा दैनिक करिब ४ लाख ५३ हजार ब्यारेल बढी हो ।
अमेरिकामा विगत चार हप्तामा कच्चा तेलको आयात प्रतिदिन औसत करिब ६० लाख रहेको देखिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ लाख ८० हजार ब्यारेलले कम हो । निर्याततर्फ भने २८ लाख ८० हजार ब्यारेल प्रतिदिन रहेको छ जुन अघिल्लो वर्षको तुलनामा प्रतिदिन करिब ६ लाख ६१ हजारले बृद्धि भएको छ ।
तपाईको विचार
सम्बन्धित
-
संसार
अमेरिकी विशेषदूतद्धारा उत्तर कोरियासँग वार्ता प्रस्ताव
-
संसार
दुई कलाकारको निधनः प्रधानमन्त्रीद्वारा ट्विटमार्फत श्रद्धाञ्जलि व्यक्त
-
संसार
काठमाडाैंसहित देशका अधिकांश स्थानमा हल्का वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात
-
संसार
प्रधानमन्त्री नियमित डायलासिसका गरी निवास फिर्ता
-
संसार
दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को मिस युनिभर्सको ताज
-
संसार
दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा