अस्पतालले निकाल्याे विज्ञप्ती- 'प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार'
११ मंसिर २०७६
|
स्वास्थ्य

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ ।
तपाईको विचार
सम्बन्धित
-
स्वास्थ्य
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्जको तयारी
-
स्वास्थ्य
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
-
स्वास्थ्य
राेग लुकाउँदा अकालमै मर्छन् एचआइभी सङ्क्रमित
-
स्वास्थ्य
सीमा रक्षा पहिलो सर्त भन्दै केसीद्वारा अनशन स्थगित
-
स्वास्थ्य
नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु
-
स्वास्थ्य
शाकाहारी सम्मेलन कात्तिक २९ र ३० गते