राेग लुकाउँदा अकालमै मर्छन् एचआइभी सङ्क्रमित

१० मंसिर २०७६ | स्वास्थ्य


डडेल्धुरा । एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् । 

डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा मृत्यु भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ४३ पुरुष र ५३ महिला गरी ९६ एचआइभी सङ्क्रमित छन् । सबैभन्दा बढी सङ्क्रमित परशुराम नगरपालिका क्षेत्रमा छन्, जसमध्ये सो अवधिमा तीन महिला र दुई पुषको मृत्यु भइसकेको छ ।

रोजगारीका लागि छिमेकी भारत जाने युवाहरु एचआइभी सङ्क्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण सङ्क्रमितको सङ्ख्या बढेको जिल्ला स्वाथ्य कार्यालयका  सूचना अधिकारी जनक चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अभिलेखअनुसार ९६ एचआइभी सङ्क्रमित भारतमा रोजगारीमा गएका कारण पीडित भएका छन् । सबैभन्दा संवेदनशील रहेको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको जोगबुडा क्षेत्रमा यो समस्या छ ।” जोगबुडा क्षेत्र भारतसँग सीमा जोडिएको  छ । यस क्षेत्रका बासिन्दा बढीजस्तो रोजगारीका लागि भारततिर जान्छन् । सङ्क्रमितका छोराछोरीसमेत प्रायः सङ्क्रमित हुने अवस्था देखिएको एचआइभी सङ्क्रमतिको क्षेत्रमा कार्यरत ‘डडेल्धुरा प्लस’का कार्यक्रम अधिकृत भरत ऐरले बताउनुभयो । उहाँका अनुसार आर्थिक अभाव हुने सङ्क्रमितहरु उपचारसमा खर्चला लाग्ला भनेर पनि सेवा लिन जाँदैनन् । जिल्लामा सङ्क्रमितमध्ये  ८३ ले मात्र एआरटी सेवा लिने गरेको एआरटी सेवा काउन्सिलर हर्कबहादुर दियालले बतताउनुभयो । डडेल्धुरा सदरमुकामा रहको एआरटी  सेन्टरमा बैतडीका १० र डोटीका तीन गरी हाल ९६ ले सेवा लिइरहेका छन् । त्यसमध्ये आठ बालबालिका छन् ।

अझै २०० भन्दा बढी सङ्क्रमित रहेको तर उनीहरु खुलेर समस्या नभन्ने र उपचार लिन नआउने गरेको उहाँले बताउनुभयो । पाँच वर्ष पहिले समयमा औषधि खान नपाउने र जिल्लामा ‘एआरटी सेन्टर’ को सेवा लिने स्थिति थिएन । सदरमुकाम र जोगबुडा गरी दुई स्थानमा सेन्टर भएका कारण ग्रामीण क्षेत्रका सङ्क्रमितलाई सदरमुकाम आउनमा समस्या थियो । 

नवदुर्गा गाउँपालिका–५ चामाका एचआइभी सङ्क्रमित चार बालबालिका दुई वर्ष पहिले समाजमा पुनःस्थापित भएका छन्  । सङ्क्रमित आमाबुबाको ‘एआरटी’ सेवा पाउन नसकेका कारण निधन भएपछि उनीहरुका बालबापिलका समाजबाट ििवस्थापित भएका थिए । ती बालबालिका स्थानीय विद्यालयको छात्रवासमा बस्दै आएकामा गत वर्ष जिल्ला एड्स समन्वय समितिको पहलमा घर फर्केका थिए ।

कार्यक्रम अधिकृत ऐरले “समाजले भेदभाव गर्ने गरेका कारण सङ्क्रमित फेरि गाउँ छाडेर भारत फर्कने र समस्या लुकाएर राख्ने गरेका छन् । डडेल्धुरा जिल्ला अस्पतालमा एक मात्र एआरटी केन्द्र हुँदा विकट गाउँपालिका सङ्क्रमितलाई सहजरूपमा औषधि दिन सकिएको छैन ।”

सरकारले एचआइभी सङ्क्रमितका लागि जिल्लाका सम्पूर्ण स्वास्थ्यचौकीसम्म औषधिको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । जिल्लामा रहेका एचआइभी सङ्क्रमितलाई विभिन्न सङ्घसंस्थाले काम गर्दै आए पनि त्यसको खासै प्रभाव परेको छैन ।

 

तपाईको विचार