भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी

२६ कार्तिक २०७६ | मनोरञ्जन


काठमाडौं । भरतकी चर्चित गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । साेमबारदेखि उनको मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा उपचार भइरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

 

छातिमा भाइरल इन्फेक्सन देखिएपछि ९० वर्षीया लता मंगेशकरलाई सोमबार बिहान अस्पताल लगिएको थियो । लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा ‘लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ’ भनी लेखिएको छ ।

 

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले केही नेपाली गीत पनि गाएकी छन् ।

तपाईको विचार