नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु

काठमाडौं । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ ।
आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालमा पनि नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु हुने गरेको निर्देशनालयका निर्देशक बद्रीबहादुर खड्काले बताउनुभयो ।
उहाँले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिनुभयो । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने रोग हुन् । नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ ।
यसैगरी पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश नं ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२ हजार ३७५ ले विपद्मा ज्यान गुमाएका, सो प्रदेशमा ५० प्रतिशत गर्भवतीले मात्र भिटामिन ‘ए’ खाएको र १३ प्रतिशतले रक्सीबाहेकका लागुपदार्थ सेवन गर्ने गरेका बताइएको छ ।
तपाईको विचार
सम्बन्धित
-
स्वास्थ्य
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्जको तयारी
-
स्वास्थ्य
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
-
स्वास्थ्य
अस्पतालले निकाल्याे विज्ञप्ती- 'प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार'
-
स्वास्थ्य
राेग लुकाउँदा अकालमै मर्छन् एचआइभी सङ्क्रमित
-
स्वास्थ्य
सीमा रक्षा पहिलो सर्त भन्दै केसीद्वारा अनशन स्थगित
-
स्वास्थ्य
शाकाहारी सम्मेलन कात्तिक २९ र ३० गते