सलमानको फिल्ममा खेल्दै सुनिल थापा

१८ कार्तिक २०७६ | मनोरञ्जन


काठमाडौँ । नेपालका लोकप्रिय अभिनेता सुनिल थापाले सलमान खानको फिल्ममा अभिनय गर्ने भएका छन् । उनले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने भएका हुन् ।

पछिल्लो पटक उनी फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए । सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए 

खलपात्रको भूमिकामा निकै रुचाएका कलाकार सुनिल थापाले तीन सयको आसपासमा नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । बलिउड अभिनेत्री कैटरीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्ने यो फिल्ममा सुनिलले भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन् ।

तपाईको विचार