सुनको भाउ घट्यो

१४ कार्तिक २०७६ | व्यापार


काठमाडौंः बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । ५ दिनको सार्वजानिक बिदा पछि बिहिबार सुनको नयाँ मुल्य कायम भएको छ ।  

कार्तिक ८ गते ७१ हजार एक सय रुपैयाँ पुगेको सुन आज भने प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । कार्तिक ८ गतेको तेजावी सुनको मूल्य ७० हजार ७ सय रुपैयाँ थियो । आज भने घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाऊ भने स्थिर रहेको छ ।

कार्तिक ८ गते ८ सय ६० रुपैयाँ पुगेको चाँदी आज पनि प्रतितोला त्यहीँ मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

तपाईको विचार