भारतीय राजदूतावासले ५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनायो

१४ आश्विन २०७६ | प्रविधि


काठमाडौं । भारतीय राजदूतावासले ५५ औं भारतीयप्राविधिकतथा आर्थिक सहकार्य दिवस मनाएको छ । सोमबार काठ्माडौंको मेरियट होटलमा एक कार्यक्रम गरी सो दिवस बनाएको हो । 

 

समारोहमा सङ्घीय मामिलातथा सामान्य प्रशासनमन्त्रीश्री लालबाबु पण्डित प्रमुख अतिथिको रुपमा थिए ।  नेपालका लागि भारतका राजदूतश्री मंजीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्त आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको बताए । 

 

यस कार्यक्रमले सीप अभिवृद्धि तथामानव संसाधन विकासमा उल्लेख्य योगदान पु¥याएको छ । सो समारोहमा आइटेकका  करिब १५० भूतपूर्व विद्यार्थीहरुको उपस्थिति थियो । नेपाल लगायत १६१ विकासशील मित्र राष्ट्रहरुसँग भारतको विकासमूलकअनुभव बाँड्नभारत सरकारको पूर्ण सहयोगमा‘आइटेक कार्यक्रम’सञ्चालित छ । 

सो समारोहम ामन्त्रालय तथा विभागका सचिव लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथ ाविभागले आफ्ना  कर्मचारीहरुको मानव संसाधनविकासका लागि आइटेकका विभिन्न कोर्षहरुको उपयोग गर्दै आएको छ ।तालिम कोर्षमा कम्प्युटर, इन्जिनियरिङ्ग,सूचनाप्रविधि, पत्रकारिता, बैंकिङ्ग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिङ्, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानून प्रर्वतन, व्यवसाय योजना तथा प्रवर्धन, लेखार वाणिज्यआदि जस्ता विषयहरु समावेश गरिएकोछ ।

उक्त समारोहमा भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले आकर्षक साँस्कृतिकप्रस्तुति प्रस्तुत ग¥यो ।

 

 

तपाईको विचार