राष्ट्रिय
-
सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको होः प्रम
राष्ट्रिय | ६ पुष २०७७प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताउनुभएको छ ।
-
संसद् विघटनपछि देशभर प्रदर्शन (फाेटाेफिचर)
राष्ट्रिय | ५ पुष २०७७प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ । जुलुसमा नाराबाजी सहित संसद् पुनःस्थापना गर्न माग गरिएको छ । पोखरा चितवन धरानसहित काठमाडौंका विभिन्न स्थानमा जुलुससहित प्रदर्शन भइरहेको छ ।
-
पछिल्लो २४ घण्टामा ७८२ जना नयाँ संक्रमित थपिए
राष्ट्रिय | ३ पुष २०७७पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ७८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाए अनुसार, योसहित हालसम्म संक्रमितको संख्या २५२४७४ पुगेको छ । त्यस्तै सकृय संक्रमितको संख्या ९३१७ मा झरेको छ भने क्वारेन्टीनमा बस्नेहरुको संख्या ४२७ रहेको छ ।
-
काठमाडौँमा जोरबिजोर प्रणाली अन्त्य, निर्बाध चल्न थाले सवारी
राष्ट्रिय | ३ पुष २०७७काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ । जिल्ला सुरक्षा समिति, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, यातायात व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिबीच बिहीबार बसेको बैठकले आजदेखि लागू हुनेगरी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएको हो ।
-
सरकारलाई उखु किसानको पत्र: बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ
राष्ट्रिय | २ पुष २०७७राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै गत मङ्सिर २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफ दिँदै उखु किसानले भुुक्तानीको पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका हुन् ।
-
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
राष्ट्रिय | २ पुष २०७७कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाजले काठमाडौँबाट १४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
-
डिआइजी पोखरेल एआइजीमा बढुवा
राष्ट्रिय | २६ मंसिर २०७७सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहिबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो ।
-
आठमहिना पछि खुल्यो चिडियाखाना, टिकट लिन लाइनबस्नु नपर्ने
राष्ट्रिय | २५ मंसिर २०७७ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।
-
शुन्य दशमलव ८६ मिटर बढ्यो सगरमाथाको उचाई
राष्ट्रिय | २३ मंसिर २०७७विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमल ८६ मिटर पुगेको छ । मंगलबार एक कार्यक्रमका बीच सगरमाथाको नयाँ उचाई सार्वजानिक गरेको हो । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
-
सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै
राष्ट्रिय | २३ मंसिर २०७७विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।
-
पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु
राष्ट्रिय | २२ मंसिर २०७७आइतबार थप एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १२ हजार ९ सय ४८ छ।
-
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
राष्ट्रिय | २२ मंसिर २०७७हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ ९इयू० को कालोसूचीबाट हट्ने देखिएको छ । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सङ्केत गरेको हो ।
-
रौतहट घटनाका अर्का प्रतिवादी पक्राउ
राष्ट्रिय | २२ मंसिर २०७७विसं २०६४ को संविधानसभा चुनावलाई लक्ष्य गरी साविक राजपुर फदरहवा गाविस– ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आज सोही स्थान निवासी महनाव आलमलाई प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका–७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
-
पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिए, १६ जनाकाे मृत्यु
राष्ट्रिय | १९ मंसिर २०७७पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
-
पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जना संक्रमित
राष्ट्रिय | १७ मंसिर २०७७नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि भएको छ।
-
पछिल्लो २४ घन्टामा थप २१ को मृत्यु, १ हजार ३०४ जना थपिए संक्रमित
राष्ट्रिय | १६ मंसिर २०७७पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका संक्रमितसँगै कूल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
-
विगत २४ घण्टामा नेपालभरि १,४७४ मानिसमा कोरोनाभाइरस सङ्क्रमण
राष्ट्रिय | १५ मंसिर २०७७विगत २४ घण्टामा नेपालभरि १,४७४ मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। मन्त्रालयका अनुसार ९,९११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। सो अवधिमा २९ जनाको कोभिड १९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
-
पछिल्लो २४ घन्टामा २५ जना संक्रमितको मृत्यु
राष्ट्रिय | १४ मंसिर २०७७पछिल्लो २४ घन्टामा देशभर १२ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार ८ हजार ८ जनाको पिसिआर परीक्षण भएकोमा १२ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । साथै, १ हजार ४०४ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ।
-
पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना
राष्ट्रिय | ११ मंसिर २०७७पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
-
आत्मविश्वासले बदलिएको सपनाको जीवन, जसले बनायाे विश्वकै प्रभावशाली १०० महिला
राष्ट्रिय | १० मंसिर २०७७चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।
-
हराइरहेकी बालिकाको शव फेला, स्थिति तनावग्रस्त
राष्ट्रिय | ९ मंसिर २०७७महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।
-
चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत
राष्ट्रिय | ८ मंसिर २०७७चक्रपथको दोस्रो खण्ड कलङ्की– धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ । सो सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको छ । तीमध्ये अहिलेसम्म आठ घरका घरधनी सम्पर्कमा आएको काठमाडौँ चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवालले बताउनुभयो ।
-
प्रधानमन्त्रीले घुन्सा पुगेर गरे सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन
राष्ट्रिय | ८ मंसिर २०७७प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्नुभएको छ । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नुभएको थियो । भवन उद्घाटनअघि उहाँले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गर्नुभएको थियो
-
सुख्खायाममा भारतबाट २५० मेगावाट विद्युत् आयात गरिने
राष्ट्रिय | ७ मंसिर २०७७सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।
-
ताप्लेजुङमा सर्पको बिगबिगी, झारपुक गर्दागर्दै जान्छ ज्यान
राष्ट्रिय | २९ आश्विन २०७७फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घर नजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोर वरपर सफा गरिसक्ने हतारो थियो । सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो । छिमेकी राम लिम्बूका अनुसार गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल टाढाबाट धामी ९फेदाङ्वा० बोलाएर झारफुक गर्न लगाए । भोलिपल्ट बिहान ४ बजे धामीकै अगाडि उनको मृत्यु भयो । “हामीले बेलुका मात्रै थाहा पायौँ”, छिमेकी रामले भन्नभुयो, “झारफुक गर्दागर्दै उनको मृत्यु भयो ।” उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्यचौकी तीन घण्टा पैदल दूरीमा छ ।