स्वास्थ्य
-
मनाङमा फेरि देखियो कोरोना
स्वास्थ्य | ३ पुष २०७७देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।
-
पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ७७६ संक्रमित थपिए
स्वास्थ्य | २ पुष २०७७पछिल्लो २४ घण्टामा देशभर जना कोरोनाका ७७६ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाए अनुसार, योसहित हालसम्म संक्रमितको संख्या २५१,६९२ पुगेको छ ।
-
पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गर्ने सरकारको तयारी
स्वास्थ्य | २ पुष २०७७सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो ।
-
पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा
स्वास्थ्य | १ पुष २०७७नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो ।
-
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १८ जनाको निधन
स्वास्थ्य | २९ मंसिर २०७७पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १८ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका १८ जना संक्रमित सहित नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ । मन्त्रालयका अनुसार सोमबार ५ हजार ४ सय २३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा नै ८४२ जना संक्रमण मुक्त भएका छन् ।
-
छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन
स्वास्थ्य | २४ मंसिर २०७७सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो ।
-
पछिल्लो २४ घन्टामा २३ जना संक्रमितको मृत्यु
स्वास्थ्य | २३ मंसिर २०७७देशभर थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना पुष्टि भएको छ।
-
बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा
स्वास्थ्य | २२ मंसिर २०७७नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभयो । बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो । भरतपुर अस्पतालको जग्गा थोरै भने होइन । अस्पतालको नाममा ३० बिघा ११ कट्ठा छ धुर जमीन रहेको छ । बाँड्दाबाँड्दै जग्गा अभाव भएको हो ।
-
प्रयोग भएन भेन्टिलेटर
स्वास्थ्य | २२ मंसिर २०७७जिल्ला अस्पताल उदयपुरमा छ महिनाअघि जडान गरिएको दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो ।
-
आइतबार थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण
स्वास्थ्य | २१ मंसिर २०७७काठमाडाैं । देशभर आइतबार थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ।
-
डोटीमा आज एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै
स्वास्थ्य | १५ मंसिर २०७७जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५÷१५ शय्याको अस्पताल स्थापना हुने भएको छ ।
-
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त, संक्रमणमुक्त विद्यार्थी घर फर्किए
स्वास्थ्य | १५ मंसिर २०७७हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो ।
-
कोरोना अनुभवः यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त......
स्वास्थ्य | १४ मंसिर २०७७चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो जीवन यति नै रहेछ कि, श्वासप्रश्वासमा अप्ठ्यारो छँदै थियो । कोठा उज्यालो थियो । आशाका किरण धपक्क निभे । आँखा घुमे, जता हे¥यो, सर्वत्र अन्धकार । साहस हराउँदै थियो ।
-
काठमाडाैं महानगरले कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान संचालन गर्दै
स्वास्थ्य | ९ मंसिर २०७७कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो ।
-
थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण
स्वास्थ्य | ८ मंसिर २०७७पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।
-
जुम्लामा भिन्नै कोभिड अस्पताल बनाउने विपत् व्यवस्थापनको निर्णय
स्वास्थ्य | ८ मंसिर २०७७जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
-
पचास शय्याको अस्पतालमा बिरामी बोक्न डोको
स्वास्थ्य | ८ मंसिर २०७७पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताउनुभयो ।
-
थप चार हजारमा कोरोना पुष्टिः सक्रिय ३७ हजार
स्वास्थ्य | ३० आश्विन २०७७पछिल्लो २४ घण्टामा नेपालमा थप चार हजार ३९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार १३७ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ । हालसम्म ८८ हजार ४० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा तीन हजार ५२२ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
-
तीन हजार ७४९ जनामा कोरोना सङ्क्रमण
स्वास्थ्य | २९ आश्विन २०७७पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरस ९कोभिड–१९० पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनुभएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५१८ पुगेको छ । आज १६ हजार ५९८ पिसिआर परीक्षण गरिएको छ ।
-
शिक्षामन्त्री पोखरेललाई सङ्क्रमण
स्वास्थ्य | २५ आश्विन २०७७शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहनुभएका सबैलाई सतर्क र सुरक्षति रहन अनुरोध गर्नुभएको छ ।
-
मुख्यमन्त्री डोरमणि पौडेलको स्वकीय सचिवलाई सङ्क्रमण
स्वास्थ्य | २२ आश्विन २०७७वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उहाँको कसैसँग भेटघाट नभएको बुभिएको छ ।
-
थप दुई हजार २५३ जनामा कोरोना पुष्टि
स्वास्थ्य | १८ आश्विन २०७७पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ । चौध दिनअघि यो सङ्ख्या ६४ हजार १२२ थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार ७८४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म ६४ हजार ६९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसीआर गरिएको छ ।
-
पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि
स्वास्थ्य | १२ आश्विन २०७७पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले आज जानकारी दिनुभयो ।
-
टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो, तीनको मृत्यु
स्वास्थ्य | १२ आश्विन २०७७टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ सङ्क्रमित छन् ।
-
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा कोरोनाः कैदीबन्दी त्रसित
स्वास्थ्य | १० आश्विन २०७७झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ । गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । उहाँहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ ।