शिक्षा
-
एक सय चौहत्तर विद्यालय दरबन्दीविहीन
शिक्षा | २४ मंसिर २०७६जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ ।
-
उपनिर्वाचन २०७६: तीन दिन विद्यालय बन्द
शिक्षा | ११ मंसिर २०७६कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
-
क्याम्पस प्रमुखको राजीनामा मागसहित नेविसंघले लगायाे अनिश्चितकालीन तालाबन्दी
शिक्षा | २९ कार्तिक २०७६जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताउनुभएको छ ।
-
भारत सरकारको सहयोगमा हेटौंडामा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निकको शुभारम्भ
शिक्षा | १९ कार्तिक २०७६मकवानपुर जिल्लाको हेटौंडामा अवस्थित नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रम गरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।
-
त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त
शिक्षा | १७ कार्तिक २०७६त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाइए पनि यसको आधिकारिक जानकारी दिइएको छैन ।
-
भारतीय सहयोगमा कुलेश्वर माविको भवन
शिक्षा | १२ आश्विन २०७६काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा अजय कुमारले जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य र वडाध्यक्ष शोभा सापकोटाको उपस्थितिमा शनिबार भवनको उद्घाटन गर्नुभयो । भारत सरकारको नेरु तीन करोड ८६ लाख अनुदान सहयोगमा निर्मित यस तीनतले नयाँ विद्यालय भवनमा २० वटा कक्षाकोठालगायत प्रत्येक तलामा छात्रछात्राका लागि छुट्टै शौचालय, अन्डरग्राउन्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था छ ।
-
शिक्षक लाइसेन्स परीक्षाः परीक्षकलाइ तयारी पारिएकाे उत्तरसहितकाे प्रश्न प्रशिक्षार्थीलाइ परेपछि.......
शिक्षा | १० आश्विन २०७६शिक्षा सेवा आयोगले लिने माध्यमिक तहको शिक्षक अध्यापन अनुमती पत्रको परिक्षामा प्रश्नपत्रमै उत्तर भेटिएकाे छ । नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यहि समस्या भएकाे छ ।
-
कक्षा ११ को परीक्षाफल सार्वजानिक, यसरी हेर्नुस् नतिजा
शिक्षा | ७ आश्विन २०७६राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गरेको कक्षा ११ को परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित कक्षा ११ को परीक्षामा जम्मा ५ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।
-
हजारौँ बालबालिका विद्यालयबाहिर छन्ः मुख्यमन्त्री पौडेल
शिक्षा | २९ भाद्र २०७६प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताउनुभयो ।
-
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्नः मन्त्री धिमिरे
शिक्षा | २९ भाद्र २०७६प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताउनुभएको छ ।
-
राउण्ड टेबलको परियोजनामा बनेको विद्यालय भवन उद्घाटन
शिक्षा | २३ भाद्र २०७६ -
विद्यावारिधि प्राप्तको अनुभवः ‘स्वदेशमै केही गर्न सकिन्छ’
शिक्षा | २२ भाद्र २०७६“राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग गर्न हामी लाग्नुपर्छ ।” सन् २०१८ मा काठमाडौँ विश्वविद्यालयबाट प्रारम्भिक वालविकास विषयमा विद्यावारिधि (पिएचडी) गरी सोही विषयमा अनुसन्धान–प्रशिक्षणमा कार्यरत डा मीनाक्षी दाहाल स्वदेशमै केही गर्न सकिन्छ भन्नेमा ढुक्क देखिनुहुन्छ ।
-
भारत सरकारको सहयोगमा काठमाडौमा शैक्षिक संस्था निर्माण
शिक्षा | २१ भाद्र २०७६नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले भवनको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री एवम कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।
-
अझै सल्टिएन केयूको विवाद, तीन दिनदेखि वार्ता प्रयास जारी
शिक्षा | १७ भाद्र २०७६धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा आइतबारदेखि वार्ता शुरु गरिएको छ ।
-
भारत सरकारकाे सहयाेगमा झापाकाे श्री स्कुलचौन उच्चमाध्यमिक विद्यालयकाे भवन निर्माण
शिक्षा | १७ भाद्र २०७६भारत सरकारकाे सहयाेगमा झापाको गौरादह नगरपालिकाकाे श्री स्कुलचौन उच्च माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन भएकाे छ ।
-
खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
शिक्षा | ११ भाद्र २०७६काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो ।
-
गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल
शिक्षा | ४ भाद्र २०७६शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताउनु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान शुभारम्भ गर्दै उहाँले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपश्चात् उक्त नीति निर्माण गर्न लागिएको बताउनुभएको हो ।
-
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु
शिक्षा | १ भाद्र २०७६माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ ।
-
एमबीएसको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच पक्राउ
शिक्षा | २८ श्रावण २०७६जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
-
मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे बेतिथी कायमै, तीन दिनदेखि तालाबन्दी
शिक्षा | २३ श्रावण २०७६तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् ।
-
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन
शिक्षा | २१ श्रावण २०७६आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच÷पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिनुभयो ।
-
शिक्षा दिवस मनाउन उपसमिति गठन
शिक्षा | २० श्रावण २०७६चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस (८ सेप्टेम्बर, भदौ २२) भव्यताका साथ मनाउन विभिन्न दश उपसमिति गठन गरिएको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा उक्त दिवस मूलसमारोह समिति गठन गरिएको थियो ।
-
सुदूरपश्चिम विश्वविद्यालयः ‘किचलोको भूमरीमा’
शिक्षा | १७ श्रावण २०७६कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए ।
-
मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान
शिक्षा | १५ श्रावण २०७६प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५ लाई प्रदेशसभामा पेश गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिनुभयो ।
-
शिक्षा पत्रकारिता पुरस्कार रौनियारलाई प्रदान
शिक्षा | १४ श्रावण २०७६राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७५ रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षा पत्रकारिता पुरस्कार २०७५ तथा लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ वितरण समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक दैनिकमा कार्यरत रौनियारलाई प्रदान गर्नु भएको हो ।