व्यापार
-
एक सयले उकालो लाग्यो सुनको मूल्य
व्यापार | ९ पुष २०७७स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।
-
सुनको मूल्य ९ सयले घट्यो
व्यापार | ८ पुष २०७७स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
-
३०० रुपैयाँले घट्यो सुनको मूल्य
व्यापार | ७ पुष २०७७स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो ।
-
बढ्याे सुनको मूल्य
व्यापार | ६ पुष २०७७स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ ।
-
असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने
व्यापार | २ पुष २०७७कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड– १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा पर्नबाट रोकिने भएको छ ।
-
भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना
व्यापार | २ पुष २०७७भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ । पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ ।
-
सुनको मूल्यमा रु ८०० वृद्धि
व्यापार | १ पुष २०७७स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासङ्घले जनाएको छ ।
-
राहुघाट मंगले अयोजना निर्माण शुरु
व्यापार | २९ मंसिर २०७७म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३५।५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । तुण्डी पावर लिमिटेडले राहुघाट नदीमा निर्माण गर्न लागेको आयोजनाको बाँध रघुगङ्गा–८ बन्दीघाट र विद्युत्गृह वडा नं ७ चिमखोलामा रहनेछ । कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने जानकारी दिनुभयो ।
-
अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने
व्यापार | २५ मंसिर २०७७मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो । निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको र यसका लागि भारतीय आयल निगम ९आइओसी०सँगकुराकानी भइरहेको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ ।
-
प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य
व्यापार | २५ मंसिर २०७७स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।
-
भिडियो कन्फरेन्स मार्फत भारत–नेपाल अन्तर सरकारी समितिको बैठक सम्पन्न
व्यापार | २२ मंसिर २०७७भारत र नेपालका वाणिज्य सचिवहरुको अध्यक्षतामा अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्य विषयकमा भारत–नेपाल अन्तर सरकारी समितिको बैठक भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएकाे छ ।
-
सुनको मूल्यमा एक हजार ६०० वृद्धि
व्यापार | १८ मंसिर २०७७स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।
-
राष्ट्र बैंकले आज बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्ने
व्यापार | १७ मंसिर २०७७नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले आज सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।
-
‘लाहा’ खेतीको शुरुआत
व्यापार | १५ मंसिर २०७७भोजपुरमा पहिलो पटक लाहाखेतीको शुरुआत् गरिएको छ । निजी, सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउने लक्ष्यसाथ डिभिजन वन कार्यालय भोजपुरले लाहाखेतीको थालनी गरेको हो । विषेश गरेर बढी तापक्रम तथा सुख्खाग्रस्त क्षेत्रमा पाइने खयर, बयरलगायत रुखको संरक्षण तथा उपभोक्ताको आयस्तर सुधार गर्न यस्तो अभियानको थालनी गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।
-
लगातार ओरालो लाग्दै सुनको भाउ
व्यापार | १५ मंसिर २०७७यो साताको सुरुदेखि नै नेपालमा सुनचाँदीको मूल्य घट्दो अवस्थामा छ । आइतबार ६ सय रुपैयाँले ओरालो लागेको छापावाल सुन सोमबार पुनः ७ सय रुपैयाँले ओरालो लागेको छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ९० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
-
आज पनि घट्यो सुनको भाउ
व्यापार | १४ मंसिर २०७७नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । आज सुन तोलाको ६ सयले घटेको छ । आज सुन ९० हजार ७०० मा कारोबार भइरहेको छ ।
-
दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने
व्यापार | १४ मंसिर २०७७लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका बारेमा परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभाग र प्रवद्र्धक कम्पनीका तर्फबाट आज एक सार्वजनिक सूचना जारी गरिएको छ ।
-
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी
व्यापार | १४ मंसिर २०७७नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्नुभएको हो । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । महासङ्घको निर्वाचन समितिका अनुसार विजयी हुनुभएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाउनुभएको थियो । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गर्नुभयो । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गर्नुभयो ।
-
सुनको मूल्यमा रु २०० ह्रास
व्यापार | १२ मंसिर २०७७स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।
-
विदेशी वस्तुकाे घट्यो आयात, बढ्यो निर्यात
व्यापार | १० मंसिर २०७७चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो ।
-
सुनको भाउ क्रमशः ओरालो, बुधबार एक हजारले ह्रास
व्यापार | १० मंसिर २०७७स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।
-
एकैदिन १८ सयले घट्याे सुनकाे मुल्य
व्यापार | ९ मंसिर २०७७स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको हो ।
-
कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा !
व्यापार | ८ मंसिर २०७७डडेल्धुरा आन्तरिक राजस्व कार्यालयले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको छ ।
-
एशियाको पहिलो सामुदायिक हाते कागज उद्योग दुई वर्षदेखि बन्द
व्यापार | ७ मंसिर २०७७बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द रहेको छ । सो उद्योग दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तरराष्ट्रिय संस्था फरेस्ट स्टेवार्डसिपकाउन्सील (एफएससी)बाट प्रमाणित एशियाको पहिलो सामुदायिक उद्योग मानिन्छ । उद्योग बन्द भएपछि यहाँ रहेका संरचना र उपकरण पनि अलपत्र परेका छन् । भवनको वरपर झार पलाएको छ । गाउँबाट करिब तीन किलोमिटर टाढा हमरसैनमा उद्योग रहेको छ । भवनका काठ पनि स्थानीयले लगेका कारण भवन नै भत्किने अवस्थामा पुगेको छ ।
-
फेरि बढ्यो सुनको मुल्य, चाँदीको यथावत्
व्यापार | ७ मंसिर २०७७साताको पहिलो दिन आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा केही बढेको छ। शुक्रबार डेढ महिनायताकै सस्तोमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो। शुक्रबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।